एक कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए आज मालामाल « Arthapath.com
१८ मंसिर २०७९, आईतवार

एक कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए आज मालामाल



काठमाडौं । शेयर बजारमा झिनो अकंको सुधार आएको छ । शेयर बजार सुधार सँगै कारोबार समेत सुधार लम्किएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज २.१६ अकंले बढेर १९६३.२२ बिन्दुमा बन्द भएको छ । आइतबार पूँजी बजारमा सूचीकृत २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५६ करोड १७ लाख २ हजार ९९२ रुपैयाँको कारोबार भएको छ ।

आज धौलागिरी लघुवित्तको शेयरका सकारात्मक सर्किट लागेको छ । ओरियन्टल होटलको ६.५७ प्रतिशत, खप्तड लघुवित्तको ६.०७ प्रतिशत, युनाइटेड इन्स्योरेन्सको ५.७२ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ५.१५ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्