खप्तड लघुवित्तको शेयरधनी मालामाल, यी लगानीकर्ताले सर्वाधिक कमाए « Arthapath.com
२१ मंसिर २०७९, बुधबार

खप्तड लघुवित्तको शेयरधनी मालामाल, यी लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । शेयर बजारमा अझै सुधार आउन सकेको छैन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.६१ अकंले घटेर १९१७.२८ बिन्दुमा बन्द भएको छ ।

बुधबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २४६ कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५० रुपैयाँको कारोबार भएको छ ।

बुधबार खप्तड लघुवित्तका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ६.०९ प्रतिशतले बढेको हो ।

साथै, कुमारी धनवृद्धि योजनाको ५.१५ प्रतिशत, ग्रीन भेन्चरको ४.४२ प्रतिशत, नेशनल माइक्रोफाइनान्सको ३ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्