थ्रीस्टार हाइड्रोपावरको साधारण सभा पुष १६ गते, आइपीओ जारी प्रस्ताव पारित मुख्य एजेण्डा « Arthapath.com
२२ मंसिर २०७९, बिहीबार

थ्रीस्टार हाइड्रोपावरको साधारण सभा पुष १६ गते, आइपीओ जारी प्रस्ताव पारित मुख्य एजेण्डा



काठमाडौ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आफ्नो वार्षिक साधारण सभा पुष १६ गतेका लागि बोलाएको छ । कम्पनीको मंसिर १४ गते बसेको संचालक समितको बैठकले सभा जर्मन होम्स प्रा.लि गठ्ठाघरमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाको मुख्य एजेण्डा भनेको आइपीओ जारी गर्ने हो । उक्त सभामा आइपीओ जारी गर्ने प्रस्ताव पेश र्गे छ । साथै, सभामा गत आर्थिक वर्षको संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।


प्रतिक्रिया दिनुहोस्