बाराही हाइड्रोपावरको आइपीओमा साढे १२ गुणा बढीको आवेदन, कति रुपैयाँ भयो संकलन ? « Arthapath.com
२३ मंसिर २०७९, शुक्रबार

बाराही हाइड्रोपावरको आइपीओमा साढे १२ गुणा बढीको आवेदन, कति रुपैयाँ भयो संकलन ?



काठमाडौं । बाराही हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओमा ६५ करोड १६ लाख १७ हजार रुपैयाँ संकलन गरेको छ । सीडीएसका अनुसार आज (मंसिर २३ गते) बिहान १० बजेसम्ममा ५ लाख ५८ हजार ६८७ जनाले ६५ लाख १६ हजार १७० कित्ताका लागि आवेदन दिएका हुन । जुन माग भन्दा १२.६४ गुणा बढी आवेदन हो ।

कम्पनीले मंसिर २१ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि विक्री गर्दा वितरण हुन नसकेको १ लाख ४ हजार कित्ता सेयर जोडेर सर्वसाधराणका लागि ५ लाख ५४ हजार कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले कुल निष्काशन सेयरको ५ प्रतिशत अर्थात् २७ हजार कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमा गर्ने कम्पनीले जनाएको छ ।

उक्त सेयरमा छिटोमा मंसिर २६ गते र छिटो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि पुस ६ गतेसम्म विक्री आवेदन दिन पाउनेछ ।

सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथैै सिडिएससीको मेरो शेयर वेबसाइट वा एपमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपाले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दै इक्रा एनपी इस्यूअर रेटिङ बि माइनस रेटिङ प्रदान गरेको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्