हाइड्रोपावरमा तपाईको लगानी छ ? यी हुन शेयरधनीलाई मख्ख बनाएका कम्पनीहरु « Arthapath.com
२३ मंसिर २०७९, शुक्रबार

हाइड्रोपावरमा तपाईको लगानी छ ? यी हुन शेयरधनीलाई मख्ख बनाएका कम्पनीहरु



काठमाडौं । लाभांश सिजन चलि रहेको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश खुवाइ रहेका छन् । केही कम्पनीहरुले नियामक निकायबाट लाभांश स्वीकृत गरेर साधारण सभाबाट पनि पारित गरी सकेका छन् भने केही कम्पनीको बाँकी नै रहेको छ ।

हालसम्म अर्थात मंसिर २३ गतेसम्म ९ हाइड्रोपावर कम्पनीहरुले लाभांश घोषणा गरी सकेका छन् ।

रिडी पावर
रिडी पावर कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ४२.१० प्रतिशतले लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको मंसिर ६ गते बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पुँजी ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

अरुण भ्याली हाइड्रोपावर
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत पश्चात आगामी वार्षिक साधारण सभाले पारितपछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।

नेपाल हाइड्रो डेभलोपर
नेपाल हाइड्रो डेभलोपर लिमिटेडले् गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ११ गते आइतबार बसेको संचालक समितिको बैठकले ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश दिने भएको हो ।

उक्त प्रस्तावित लाभांश विद्युत नियमनबाट स्वीकृत भई कम्प्नीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

सानिमा माई हाइड्रोपावर
सानिमा माई हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७८÷७९ का लागि लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट चुक्तापुँजीको ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको कात्तिक २ गते बसेको वार्षिक साधारण सभाबाट पारित समेत भइसकेकोछ ।

अरुण काबेली पावर
अरुण काबेली पावरले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको बैठकले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर (कर प्रयोजन बाहेक) दिने भएको हो ।

कम्पनीको उक्त लाभांश १२औं वार्षिक साधारण सभाबाट पारित समेत भइ सकेको छ ।

रुरु जलविद्युत परियोजना
रुरु जलविद्युत परियोजना लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजन वितरण गरेको छ ।

कम्पनीको कात्तिक ४ गते बसेको वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरी सकेको छ ।

माउन्टेन इनर्जी नेपाल
माउन्टेन इनर्जी नेपाल कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको करसहित १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

युनाइटेड इदी मर्दी एण्ड आर बी हाईड्रो

युनाइटेड इदी मर्दी एण्ड आर बी हाईड्रोले आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट १०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

पाँचथर पावर
पाँचथर पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको बैठकले गत आर्र्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत (कर प्रयोजन) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भए पश्चात कम्पनीको आगामि सधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्