सामलिङ पावरको शेयर कारोबार रोक्का, यस्तो छ कारण « Arthapath.com
२३ मंसिर २०७९, शुक्रबार

सामलिङ पावरको शेयर कारोबार रोक्का, यस्तो छ कारण



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सामलिङ पावर कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । कम्पनीले यो वर्षका शेयरधनीहरुलाई लाभांश नदिने निर्णय समयमै जानकारी नदिएको भन्दै नेप्सेले शेयर कारोबार रोक्का गरेको हो ।

कम्पनीले मंसिर २१ गते बिहान ९ः३० बजे सञ्चालक समितिको बैठक बसेर गत आर्थिक वर्षको नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । उक्त निर्णय दिउँसो ३ः४२ बजे मात्र जानकारी गराएपछि नेप्सेले कारवाही गरेको हो ।

साथै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्