थप ३२ लाख कित्ता आइपीओ बिक्रीमा आउँदै, दुई कम्पनीले पाए बोर्डबाट अनुमति « Arthapath.com
१७ माघ २०७९, मंगलवार

थप ३२ लाख कित्ता आइपीओ बिक्रीमा आउँदै, दुई कम्पनीले पाए बोर्डबाट अनुमति



काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट दुई कम्पनीले आइपीओ निष्कासनको अनुमति पाएका छन् । दोल्ती पावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आइपीओ निष्कासको अनुमति पाएका हुन ।

दोल्तीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि कुल १६ लाख ९ हजार ४५८ कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीको आइपीओमा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, भूगोल इनर्जीले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल १६ लाख ३१ हजार १६० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । कम्प्नीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धका एनआइसी एसिया क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्