कालिञ्चोक दर्शनको आइपीओ बाँडफाँट, ८७ हजारले १० कित्ता पाउँदा ८२ सयको आवेदन रद्द « Arthapath.com
१९ माघ २०७९, बिहीबार

कालिञ्चोक दर्शनको आइपीओ बाँडफाँट, ८७ हजारले १० कित्ता पाउँदा ८२ सयको आवेदन रद्द



काठमाडौं । कालिञ्चोक दर्शन कम्पनी लिमिटेडको आईपीओ आज (माघ १९ गते) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा बाँडफाँट भएको हो ।

यसमा मागभन्दा १८.५२ गुणा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट आइपीओ बाँडफाँट भएको छ । कुल १४ लाख ७३ हजार ९ सय ६९ जना आवेदकबाट कुल १ करोड ६६ लाख ७० हजार ९ सय ९० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये ८ हजार २ सय ६ जनाको आवेदन रद्द भएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १४ लाख ६५ हजार ७ सय ६३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । यस हिसाबमा गोलाप्रथाबाट कुल ८९ हजार ६ सय ४० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि रू।१० करोड ८० लाख बराबरको १० लाख ८० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यो मध्ये १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।

जसमध्ये ५४ हजार कित्ता सामुहिक लगानी कोष र २१ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।


प्रतिक्रिया दिनुहोस्