तपाईलाई कालिञ्चोक दर्शनको आईपीओ पर्यो कि ? यी चार तरिकाबाट हेर्न सकिन्छ रिजल्ट « Arthapath.com
१९ माघ २०७९, बिहीबार

तपाईलाई कालिञ्चोक दर्शनको आईपीओ पर्यो कि ? यी चार तरिकाबाट हेर्न सकिन्छ रिजल्ट



काठमाडौं । कालिञ्चोक दर्शन कम्पनी लिमिटेडको आईपीओ नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा बाँडफाँट भएको छ ।

कुल १४ लाख ७३ हजार ९ सय ६९ जना आवेदकबाट कुल १ करोड ६६ लाख ७० हजार ९ सय ९० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये ८ हजार २ सय ६ जनाको आवेदन रद्द भएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १४ लाख ६५ हजार ७ सय ६३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ ।

यस हिसाबमा गोलाप्रथाबाट कुल ८९ हजार ६ सय ४० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

कम्पनीको आइपीओ ४ तरिकाबाट हेर्ने सकिनेछ ।

सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट: iporesult.cdsc.com.np/

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको बेवसाइट: https://nabilinvest.com.np/
मेरो सेयरको बेवसाइटः meroshare.cdsc.com.np/#/login
कालिञ्चोक दर्शनको बेवसाइटः https://kalinchowkdarshan.com.np/


प्रतिक्रिया दिनुहोस्