दोहोरो अकंले घट्यो बजार, २ अर्बमा कारोबार खुम्चिदा १३ सूचक राताम्य, यस कारण घट्दैं छ बजार « Arthapath.com
१९ माघ २०७९, बिहीबार

दोहोरो अकंले घट्यो बजार, २ अर्बमा कारोबार खुम्चिदा १३ सूचक राताम्य, यस कारण घट्दैं छ बजार



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ओरालो लागेको छ । साताको चौथो दिन केही सामान्य अकंले बढेको सेयर बजार आज फेरी ओरालो लागेको हो ।

नाफा बुक गरिसकेकाहरु बजार केही तल नआएसम्म किन्न तयार नहुनु अघि नयाँले मात्र बजार माथि लैजान नसकेपछि नेप्सेले गिरावटको सामना गर्नुपरेको हो अहिले आम लगानीकर्ताको ध्यान मौद्रिक नीति समीक्षातिर मोडिएको छ । यस अघि नयाँ सरकार गठन, नयाँ सरकारको पुँजी बजारमा उच्चप्राथमिकता, अर्थतन्त्रका सूचकहरुमा क्रमशः सुधार तथा निक्षेपको ब्याजदर घट्नु । जस्ता कुराले सेयर बजारमा सुधार आएको थियो भने अब लगानीकर्ता मौद्रीक नितिको प्रतिक्षामा रहेका छन् । मौद्रिक नीति समीक्षा पछि बजार माथि लैजान सहयोग गर्ने आंकलन गर्ने थालिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.१२ अकंले घटेर २०९४.५४ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ९करोड ६४ लाख १९ हजार रुपैयाँको कारोबार भएकोछ ।

बिहिबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.४४ प्रतिशच, विकास बैंक समूहको १.७६ प्रतिशत, फाइनान्स समूहको १.७६ प्रतिशत, हाइड्रोपावर समूहको २.०६ प्रतिशतले सेयर मूल्य ओरालो लागेको हो ।


प्रतिक्रिया दिनुहोस्