ऋणपत्र जारी गर्ने स्ट्याण्डर्ड चार्टर्ड बैंकमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
१९ माघ २०७९, बिहीबार

ऋणपत्र जारी गर्ने स्ट्याण्डर्ड चार्टर्ड बैंकमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । बिहिबार सेयर बजार ओरालो लागेको छ । सेयर बजार ओरालो लागेसँगै कारोबार समेत खुम्चिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.१२ अकंले घटेर २०९४.५४ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ९करोड ६४ लाख १९ हजार रुपैयाँको कारोबार भएकोछ ।

आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कमपनीको सेयर १० करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक ले पाँच वर्षे अवधिको ऋणपत्र माघ २६ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले १०.३० प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्न लागेको हो । सोहि कारण लगानीकर्ता झुम्मिएका हुन ।

त्यस्तै, एनआइसी एशिया बैंकको ५ करोड ५० लाख रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सको ४ करोड ९० लाख रुपैयाँ, अपि पावरको ४ करोड ८४ लाख रुपैयाँको कारोबार भएकोछ ।


प्रतिक्रिया दिनुहोस्