आर्दश लघुवित्तका लगानीकर्ता मालामाल, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए « Arthapath.com
१९ माघ २०७९, बिहीबार

आर्दश लघुवित्तका लगानीकर्ता मालामाल, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.१२ अकंले घटेर २०९४.५४ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ९करोड ६४ लाख १९ हजार रुपैयाँको कारोबार भएकोछ ।

बिहिबार आर्दश लघुवित्तको सेयरका सकारात्मक सर्किट लागेको छ । कम्पनीको आज सेयर प्रतिकित्ता १७५ रुपयाँ ५० पैसाले बढेर १ हजार ९२८ रुपैयाँ ९० पैसा रहेको छ ।

साथै, सानिमा इक्वाटी फण्डको ३.१७ प्रतिशत, मल्टी प्रपोज फाइनान्सको २.९६ प्रतिशत, ग्लोबल आइएमई ब्यालचिप फण्ड १ को २.४४ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्