बिपिडब्लु लघुवित्तको आइपीओ भोलि बाँडफाँट हुने, १५ लाख भन्दा बढीको हात भने रित्तो « Arthapath.com
२ चैत्र २०७९, बिहीबार

बिपिडब्लु लघुवित्तको आइपीओ भोलि बाँडफाँट हुने, १५ लाख भन्दा बढीको हात भने रित्तो



काठमाडौं । बिपिडब्लु लघुवित्तको आइपीओ शुक्रबार (चैत ३ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार शुक्रबार बिहान ११ बजे क्यापिटल कै कार्यलयमा बाँडफाँट गर्ने जनाएको छ ।

कम्पनीको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा २०७.१० गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ८ हजार ९५ जनाले मात्र १० कित्ता सेयर हात पार्नेछन् ।

यसमा १५ लाख ३२ हजार ९७३ जनाले कुल १ करोड ६७ लाख ६५ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् । बाँकी १५ लाख २४ हजार ८७८ जनाको भने हात खाली हुनेछ । बिपिडब्लु लघुवित्तले फागुन १८ गतेदेखि २३ गतेसम्म आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको थियो ।

जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा ९७ हजार कित्ता सेयर निष्कासन गरिएको हो । यसमध्ये १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ । जसमध्ये १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था थियो ।


प्रतिक्रिया दिनुहोस्