तीन कम्पनीको सेयरमा सर्किट, यी कम्पनीको लगानीकर्ता भए मालामाल « Arthapath.com
५ चैत्र २०७९, आईतवार

तीन कम्पनीको सेयरमा सर्किट, यी कम्पनीको लगानीकर्ता भए मालामाल



काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजारमा झिनो अकंले गिरावट आएको छ । नेप्से परिसूचक ६.९० अकंले घटेर १९२६.४० को बिन्दुमा पुगेर बजार बन्द भएके छ ।

आज पूँजी बजारमा नेप्से सूचीकृत २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८२५ रुपैयाँको कारोबार भएको छ ।

आइतबार तीन कम्पनीको सेयरमा सकारात्मा सर्किट लागेको छ । मानुषि लघुवित्त र युनिक नेपाल लघुवित्त र शुभम पावरको सेयरमा सर्किट लागेको छ । साथै , ग्रिन भन्चर्स लिमिटेड ७.१८ प्रतिशत , एनआईबिएल समृद्धि फण्ड ४.१७ प्रतिशत खप्तड लघुवित्त वित्तिय संस्थाको ४.०१ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्