आइतबार यी १० कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ? « Arthapath.com
५ चैत्र २०७९, आईतवार

आइतबार यी १० कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?



काठमाडौं । सेयर बजार सामान्य अकंले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.९० अकंले घटेर १९२६.४० बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८२५ रुपैयाँको कारोबार भएको छ ।

आइतबार हिमालयन डिष्टीलरीको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ६ करोड १० लाख ९८ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, शिवम सिमेन्टको ४ करोड ५ लाख ९ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको ४ करोड ८४ हजार रुपैयाँ, नेपाल लाइफको ३ करोड ९१ लाख रुपैयाँ र नलिब बैंकको ३ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्