महँगियो तीन कम्पनीको सेयर भाउ, उच्च दरमा मूल्य वृद्धि हुँदा प्रतिकित्ता कुनको कति पुग्यो ? « Arthapath.com
९ चैत्र २०७९, बिहीबार

महँगियो तीन कम्पनीको सेयर भाउ, उच्च दरमा मूल्य वृद्धि हुँदा प्रतिकित्ता कुनको कति पुग्यो ?



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार बजार १८.१५ अंकले घटेको छ । सो दिन बजार परिसुचक १९१५ दशमलव १४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज सबै समूह राताम्मे बनेका छन् । बुधवारको तुलनामा भने कारोबार रकममा बढोत्तरी देखिएको छ । आज १ अर्ब ४१ करोड ३१ लाख ७२ हजार रुपैयाँ बराबरको ४३ लाख ४० हजार २७० कित्ता सेयर खरिदबिक्री भएको छ ।

सो दिन माया खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता २९ रुपैयाँ २० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य आज ३२१ रुपैयाँ २० पैसा कायम भएको छ ।

बिहीवार एशियन हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा पनि उछाल आएको छ । आज कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९ रुपैयाँ ८० पैसाले बढेर ३२८ रुपैयाँ ६० पैसा कायम भएको छ ।

यस्तै, आज सिद्धार्थ बैंकको सेयर मूल्य पनि उच्च दरमा वृद्धि भएको छ । बैंकको सेयर मूल्य आज ८.३४ प्रतिशत अर्थात प्रतिकित्ता २१ रुपैयाँ ७० पैसाले वृद्धि भएको छ । यासंगै बैंकको सेयर मूल्य २८१ रुपैयाँ ९० पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्