छुट्नु होला है ? रावा इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम मौका « Arthapath.com
२२ जेष्ठ २०८०, सोमबार

छुट्नु होला है ? रावा इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा आवेदन दिने आज (जेठ २२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो ।

स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ । बाँकी ६ लाख ४३ हजार ६६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्