दोल्ती पावरको साढे ५३ लाख कित्ता आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ? « Arthapath.com
२४ जेष्ठ २०८०, बुधबार

दोल्ती पावरको साढे ५३ लाख कित्ता आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । बुधबार दोल्ती पावर कम्पनीको ५३ लाख ६४ हजार ८६० कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण, स्थानीय बासिन्दा, वैदेशिक रोजारगारीमा गएका नेपाली, कर्मचारीहरू र सामूहिक लगानी कोषको लागि निष्कासन गरेको कुल ५३ लाख ६४ हजार ८६० कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

कम्पनीलाई पहिलो कारोबारको लागि ८७ रुपैयाँ देखि २६१ रुपैयाँसम्मको ओपन रेञ्ज तोकेको छ । कम्पनीको सिम्बोल डीओएलटीआई रहेको छ ।


प्रतिक्रिया दिनुहोस्