मिड सोलु हाइड्रोपावरको आइपीओमा अन्तिम दिनसम्म माग भन्दा २४.३४ गुणा बढी आवेदन
काठमाडौं । मिड सोलु हाइड्रोपावरको आइपीओमा अन्तिम दिनसम्म १ अर्ब ५१ करोड २२ लाख २५ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असोज २ गते साँझ ५ः०७ बजेसम्म १३ लाख ५४ हजार ८४६ जनाले १ करोड ५१ लाख २२ हजार २५० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा २४.३४ गुणा बढी आवदेन हो ।
कम्पनीले भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको थियो । सर्वसाधारणलाई छुट्याएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीहरु ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ । यस्तै, कम्पनीका कर्मचारीहरुलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको थियो ।
कम्पनीको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले रहेको छ ।