भिजन लुम्बिनी उर्जाको आइपीओ भोलि बाँडफाँट हुने, कतिले पाउँछन् सेयर ? « Arthapath.com
४ मंसिर २०८०, सोमबार

भिजन लुम्बिनी उर्जाको आइपीओ भोलि बाँडफाँट हुने, कतिले पाउँछन् सेयर ?



काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ बाँडफाँटको मिति तय भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार भोलि अर्थात मंसिर ५ गते बाँडफाँट हुने जनाएको हो ।

आइपीओमा अन्तिम दिनसम्म १ अर्ब २५ करोड ७६ लाख १६ हजार रुपैयाँ संकलन भएको थियो । कात्तिक २० गतेसम्म ११ लाख ९४ हजार ८२० जनाले १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएका थिए ।

माग भन्दा बढी आवेदन परेको हुँदा आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा २ लाख ७ हजार ५२८ जनाले १०।१० कित्ता दरले सेयर हात पार्नेछन् । सोहि मध्येका पाँच जनाले भने थप १/१ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन् ।

कम्पनीले सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कित्ता सेयर निष्कासन गरेको थियो । यसअघि कम्पनीले स्थानीय बासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई उक्त आइपीओ बिक्रीमा ल्याएको हो ।


प्रतिक्रिया दिनुहोस्