बजार झिनो अकंले घट्यो, पाँच उपसूचक हरियाली, अबको यात्रा कस्तो ? « Arthapath.com
१२ मंसिर २०८०, मंगलवार

बजार झिनो अकंले घट्यो, पाँच उपसूचक हरियाली, अबको यात्रा कस्तो ?



काठमाडौँ । साताको पहिलो कारोबारको दिन उच्च सुधार देखिएको सेयर बजारले पछिल्लो दुई कारोबारमा भने ओरालो यात्रा तय गरेको छ । बजार झिनो अकंले घटेको हो । लामो समयदेखि निरन्तर घटेको बजारमा एब्कासी ठूलो अकको वृद्धि हुँदा ट्रेडरहरु सेयर बेच्न हतारिएका हुन् ।सोहि कारण बजारमा आज पनि करेक्सन देखिएको छ ।

बजारले विस्तारै सकारात्मक बाटो समाउँदै जाने विश्लेषणहरु हुन थालेको छ । ब्याजदर घट्दो अवस्थामा रहेको र बढ्दो तरलता अनि अर्थतन्त्रक सूचकहरु सबल बन्दै जानु नै बजार सुधारका संकेतहरु हुन् ।

सेयर बजारका लागि सहयोग पुग्ने गरी बैंकहरुले मंसिरका लागि ब्याजदर पनि घटाएका छन् । लाभांशको सिजन पनि चलिरहेको छ । अहिले सेयरधनी बन्नेले निकै छोटो समयमा लाभांश हात पार्न सक्नेछन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.१७ अकंले घटेर १८९४.५३ बिन्दुमा बन्द भएको छ । मंगलबार २९० कम्पनीको ४७ लाख २७ हजार ९०२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २८ करोड २ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज ८ उपसूचक राताम्य भएका छन् । मंगलबार बैंकिङ समूहको ०.५२ प्रतिशत, विकास बैंक समूहको ०.५२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.२३ प्रतिशत, जीवन बीमा समूहको ०.०६ प्रतिशतले सेयर मूल्य ओरालो लागेको छ ।

मंगलबार सोनापुरको ८ करोड ४९ लाख रुपैयाँ र सोल्टी होटलको ६ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्