तीन कम्पनीको सेयरमा नकारात्मक सर्किट, २१६ कम्पनीको मूल्य घट्यो

काठमाडौँ । आज पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । बजार निरन्तर चौथो दिन समेत ओरालो लागेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.०६ अकंले घटेर १८५८.५३ बिन्दुमा बन्द भएको छ । बिहिबार २८९ कम्पनीको ४५ लाख ९५ हजार ५५३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३२ करोड ३५ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ । आज २१६ कम्पनीको सेयर मूल्य घटेको हो ।
बिहिबार ३ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । आज विजय लघुवित्त, माउन्टेन इर्नर्जी नेपाल र युनाइटेड इर्दी मार्दी आरबि हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको हो ।
साथै, सिटिजन म्युचुअल फण्ड २ को ८.८८ प्रतिशत र खानी खोलाको ५.६७ प्रतिशतले सेयर मूल्य घटेको हो ।
