१५ कम्पनीको सेयरमा सर्किट, १९० कम्पनीको सेयर मूल्य बढ्यो « Arthapath.com
४ पुष २०८०, बुधबार

१५ कम्पनीको सेयरमा सर्किट, १९० कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौँ । बुधबार सेयर बजार दोहोरो अकंले बढेको छ । बजार निरन्तर उकालो लाग्दा लागनीकर्तामा उत्साह आएको हो ।


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.३९ अकंले बढेर २१४१.८७ बिन्दुमा बन्द भएको छ । बुधबार ३०६ कम्पनीको १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९५ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार १५ कम्पनीको सेयरमा सर्किट लागेकोछ । आज १९० कम्पनीको सेयर मूल्य बढेको हो । आज बोटलर्स नेपाल (बालाजु), हिमालयन डिष्टिलरी, फरवार्ड माइक्रोफाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टसहित १५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्