सेयर बजारमा गिरावट, साढे ४ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो कारोबार दिन सेयर बजार ८.७५ अंकले घटेको हो ।
सोमबार बजार परिसुचक २ हजार ६० दशमलव १५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बैंकिङ्ग समूह, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र व्यापार समूह बाहेकका सबै समूह राताम्य बनेका छन् ।
आज ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता सेयर किनबेच भएको छ । आज शिवम् सिमेन्टको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । आज कम्पनीको २० करोड १३ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यस्तै, सोनापुर मिनिरल्सको पनि २० करोड १२ लाख २३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपालको १७ करोड २५ लाख ७० हजार, सानिमा जिआईसी इन्स्योरेन्सको १० करोड ८२ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।