बजारमा निरन्तर सुधारले लगानीकर्ता मख्ख, अब बुल कै यात्रामा जाने संकेत ! « Arthapath.com
२५ पुष २०८०, बुधबार

बजारमा निरन्तर सुधारले लगानीकर्ता मख्ख, अब बुल कै यात्रामा जाने संकेत !



काठमाडौँ । साताको चौथो दिन समेत बजारमा सुधार आएको छ । बजारमा निरन्तर सुधार आएसँगै लगानीकर्तामा उत्साह आएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ । कर्जा प्रवाह नभएपछि बैंकहरुले अझै ब्याजदर घटाउने सम्भावना देखिएको छ । आज एनआइसी एशिया बैंकले ब्याजदर घटाउने निर्णय गरी सकेको छ । अब बिस्तार अन्य बैंकहरुले समेत ब्याजदर घटाउने आशाले लगानीकर्ता मख्ख भएका छन् ।

पुस मसान्तमा व्यक्तिगत तथा संस्थागत लगानीकर्ता पनि आय कर तथा बैंक ब्याजको साँवा र ब्याज तिर्ने दबाबमा रहेका हुन्छन् । यसले पनि बजारमा केहि दबाब पैदा गर्ने गर्दछ । तर यस पटक भने पुष समान्तको प्रभावमा समेत सेयर बजारमा परेको छैन ।

यता, नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा लगानी गर्न पाउने व्यवस्था गरेको छ । यसअघि बीमा कम्पनीहरूलाई बैङ्कको मुद्दती निक्षेप, साधारण सेयर, घरजग्गा, पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न बाटो खुला गरिएको थियो । उक्त नीतिले सेयर बजारलाई पनि सकरात्मक रुपमा चलायमान बनाउने विज्ञहरुको भनाई छ ।

नियामक समेत सेयर बजारलाई बाधा गर्ने नीति खुकुलो बनाउदै लैजान थाले पनि बजारमा सुधार देखा परी रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.५० अकंले बढेर २०८९.६२ बिन्दुमा बन्द भएको छ । आज ३०१ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार बजारमा सुधार आएपनि ७ उपसूचक राताम्य भएका छन् । आज ६ समूहको सेयर मुल्यमा मात्र सुधार आएको हो । आज बैंकिङ समूहको १.१२ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.१२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज सोनापुरको ३२ करोड ७८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको २८ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्