आठ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ? « Arthapath.com
२६ पुष २०८०, बिहीबार

आठ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?



काठमाडौँ । बिहिबार आठ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बजार केहि सामान्य अकंले ओरालो लागे पनि अधिकांश कम्पनीको सेयर मूल्यमा सुधार आएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.६२ अकंले घटेर २०८८.९९ बिन्दुमा बन्द भएकोछ । आज ३०७ कम्पनीको २ करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ ।

बिहिबार निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रोपावर, त्रिशुली जलविद्युत, मुक्तिनाथ कृषि कम्पनी, नेपाल हाउजिङ्ग, हिमालयन रिइन्स्योरेन्स, मेगा म्युचुअल फण्ड १को सेयरमा सकारात्मक सर्किट लागेको हो ।


प्रतिक्रिया दिनुहोस्