ओटिसि मार्केटमा १५ कम्पनीको साढे ६३ करोडको सेयर कारोबार: महँगो मूल्य १ हजार ८५ रुपैयाँ, कुनको कति ? « Arthapath.com
४ माघ २०८०, बिहीबार

ओटिसि मार्केटमा १५ कम्पनीको साढे ६३ करोडको सेयर कारोबार: महँगो मूल्य १ हजार ८५ रुपैयाँ, कुनको कति ?



काठमाडौं । ३ महिनामा ओटीसी बजार मार्फत साढे ६३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा भएको ओटसी कारोबारसम्वन्धी तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको दोस्रो त्रैमासमा ओटीसी मार्केटमा ६३ करोड ६५ लाख ७ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । समिक्षा अवधिमा विभन्न २२ वटा कम्पनीहरुले सो बराबरको कारोबार गरेका हुन् ।

नेप्सेका अनुसार २२ कम्पनीको कुल ५९ लाख ६७ हजार २२० कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल हस्पिट्यालिटी एन्ड होटेलको कारोबार भएको छ । सो कम्पनीको ६ महिनामा कम्पनीको २५ करोड ४४ लाख ५२ हजार रुपैयाँ बराबरको २५ लाख ४४ हजार ५२० कित्ता सेयर कारोबार भएको हो ।

सबैभन्दा महँगो सेयर मूल्य भने काठमाडौं फरेस्टी कलेजको रहेको छ । कम्पनीको सेयर मूल्य १ हजार ८५.५ मा कारोबार भएको छ । कम्पनीको तीन महिनामा ५ करोड ४३ लाख रुपैयाँ बराबरको ५०० कित्ता सेयर कारोबार भएको छ ।

नेप्सेमा २०७२ माघ १८ गतेदेखि कम्पनी रजिस्ट्रारको कार्यालयको सूचनाअनुसार नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक सर्तहरु पूरा हुन नसकी सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको सेयर कारोबार तथा नामसारी ओटीसी बजारमार्फत कारोबार गर्न सकिने व्यवस्था रहेको छ । हालसम्म ओटीसी बजारमा २२६ कम्पनी दर्ता भई कारोबारमा रहेको नेप्सेले जनाएको छ ।

कुन कम्पनीको कति कारोबार ?


प्रतिक्रिया दिनुहोस्