नाफा सुरक्षित गर्नेहरु सक्रिय हुँदा सेयर बजारमा करेक्सन
काठमाडौं । पछिल्लो दिन सेयर बजार घट्न थालेको छ । बजारसँगै कारोबार रकम पनि निरन्तर खुम्चिएको छ । साताको दोस्रो कारोबार दिन ३१.४९ अंकले घटेको छ ।
उक्त दिन बजार परिसुचक पनि २०९८.६९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आइतबार पनि बजार घटेको थियो । सोमबार व्यापार समूह मात्रै १० अंकले बढेको छ । यी बाहेकका सबै समूह राताम्य बनेका छन् । यतिबेला नाफा सुरक्षित गर्न तर्फ सक्रिय हुँदा नै बजारमा करेन्सन आएको जानकारहरु बताउँछन् ।
बजारसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार साढे ७ अर्ब माथिको कारोबार आज भने ६ अर्ब ३३ करोड ६० लाख रुपैयाँमा झरेको छ । उक्त दिन १ करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर किनबेच भएको छ ।
आज पनि हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको ७८ करोड ६३ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको ३१ करोड १ लाख ३० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। यस्तै, आज अपि पावर कम्पनीको पनि २४ करोड २७ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
उक्त दिन अपरस्याङे हाइड्रोपावर, मिड सोलु, आशा लघुवित्त लगायतका लगानीकर्ताले उच्च दरमा कमाएका छन् । दोर्दीखोला जलविद्युत, हिमालयन लघुवित्त, लिवर्टी इनर्जी, रिडी पावर लगायत लगानीकर्ताहरुले गुमाएका छन ।