चन्द्रागिरी हिल्ससहित यी हुन् आज उच्च दरमा कमाउने कम्पनीहरु

काठमाडौं । मंगलबार चन्द्रागिरी हिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त दिन कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८६ रुपैयाँ ३० पैसाले बढेर ९४९ रुपैयाँ ३० पैसा कायम भएको छ ।
उक्त दिन नेपाल ल्युब आयलको सेयर मूल्यमा पनि सर्किट लागेको हो । कम्पनीकोसेयर ९.९९ प्रतिशत अर्थात् प्रतिकित्ता २२ रुपैयाँ ५९ पैसाले बढेर २४८ रुपैयाँ ५० पैसा पुगेको छ ।
यस्तै, आज एनएमबि लघुवित्तको सेयर मूल्य पनि ९.९२ प्रतिशत र तेह्रथुप पावरको सेयर मूल्य ९.८८ प्रतिशतले वृद्धि भएको छ ।
आज यी कम्पनीहरुसहित आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स, दोर्दीखोला जलविद्युत कम्पनी, सीवाईसी लघुवित्त लगायतका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन्।

