रोकिएन सेयर बजारको गिरावट « Arthapath.com
२० फाल्गुन २०८०, आईतवार

रोकिएन सेयर बजारको गिरावट



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको पहिलो कारोबार दिन बजार ११.७८ अंकले घटेको हो ।

उक्त दिन बजार परिसूचक पनि १९६० दशमलव ३० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन होटेल तथा पर्यटन समूह २७.३५ अंक, उत्पादक तथा प्रशोधन समूह ४४.१२ अंक वृद्धि भएको छ । यी बाहेकका अन्य सबै समूहहरु राताम्य बनेका छन् ।

उक्त दिन २ अर्ब ८ करोड २७ लाख ८६ हजार रुपैयाँ बराबरको ५५ लाख ७४ हजार २०७ कित्ता सेयर किनबेच भएको छ ।उक्त दिन सोनापुर मिनिरल्स् एण्ड आयलको सर्वाधिक सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको १३ करोड २० लाख ४९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्