सिंगटी हाईड्रो इनर्जीको हकप्रद सेयर बाँडफाँड

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयरहरु मिति बिहीबार बाँडफाँड भएको छ।
कम्पनीले गत पौष २१ गतेसम्म कायम साविक सेयरधनीहरुका लागि १ कित्ता सेयर बराबर नयाँ १ कित्ता (१:१) सेयरको अनुपातमा प्रति सेयर १०० रुपैयाँ अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयरको निष्काशन गरेको थियो ।
रितपूर्वक आवेदन दिने ७६ हजार २०० जना सेयरधनीहरुलाई ९८ लाख ८८ हजार ४६१ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो ।