आधा दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, कुन कुन हुन् आज उच्च दरमा कमाउनेहरु ?

काठमाडौं । मंगलबार हाइड्रोपावरका लगानीकर्ता मालामाल बनेका छन् । सो दिन आधा दर्जन हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
उक्त दिन बरुण हाइड्रोपावर, ग्रीन भेन्चर, कुथेली बुखरी स्मल, भगवती हाइड्रोपावर र अपर हेवाखोलाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ।
यस्तै, आज एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य पनि ९.०८ प्रतिशत, मल्टीपर्पस फाइनान्सको ८.०९ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ७.५४ प्रतिशत, कालिका पावरको ७.०४ प्रतिशत र मिथिला लघुवित्तको ७.०१ प्रतिशत वृद्धि भएको छ ।
आज यी कम्पनीहरुसहित युनाईटेडी मोदी, पिपुल्स, अपर लोहरेखोला, सिंगटी हाइड्रो, राधी विद्युत, माउनटेन इनर्जी, विशाल बजार कम्पनी, गोर्खाज फाइनान्स लगायतका कम्पनीहरुले उच्च दरमा कमाएका छन् ।

