बजार घट्दा पनि आज यी कम्पनीका लगानीकर्ता भए मालामाल, कसले कति कमाए ? « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

बजार घट्दा पनि आज यी कम्पनीका लगानीकर्ता भए मालामाल, कसले कति कमाए ?



काठमाडौं । बिहीबार तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज समृद्धि फाइनान्स, कुथेली बुखरी र साधना लघुवित्तको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ ।

आज समृद्धि फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ३९ रुपैयाँ ६० पैसा बढेर ४३५ रुपैयाँ ६० पैसा कायम भएको छ । यता, कुथेली बुखरीको पनि प्रतिकित्ता १४६ रुपैयाँ ५० पैसा बढेर १ हजार ६११ रुपैयाँ ५० पैसा, साधाना लघुवित्त प्रतिकित्ता १०८ रुपैयाँ ५० पैसा बढेर १ हजार १९५ रुपैयाँ कायम भएको छ ।

यस्तै, आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.८२ प्रतिशत, बाराही हाइड्रोपावरको ९.७४ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ९.२७ प्रतिशत, गुडविल फाइनान्सको ८.८४ प्रतिशत र बरुण हाइड्रोपावरको ८.४४ प्रतिशत बढेको छ । उक्त दिन यी कम्पनीहरुले उच्च दरमा कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्