तेह्रथुम पावरको लक इन अवधि कहिले सकिँदै ? « Arthapath.com
२४ असार २०८१, सोमबार

तेह्रथुम पावरको लक इन अवधि कहिले सकिँदै ?



काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर लक इन अवधि अर्को महिना सहिने भएको छ ।

आगामी साउन २७ गते कम्पनीको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि सकिने भएको छ ।

कम्पनीको संस्थापक सेयर २८ लाख कित्ता , स्थानीयको सेयर ४ लाख कित्ता र कर्मचारीको १६ हजार कित्ता सेयर लक इन रहेको छ । उक्त सेयर अब आगामी साउन २७ गतेपछि कारोबारका लागि योग्य हुनेछ ।

कम्पनीले २०७८ भदौ २५ गते सर्वसाधारणलाई सेयर बाँडफाँट गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्