लघुवित्तका लगानीकर्ता मालामाल, यी हुन् आज उच्च दरमा कमाउने कम्पनीहरु « Arthapath.com
२५ असार २०८१, मंगलवार

लघुवित्तका लगानीकर्ता मालामाल, यी हुन् आज उच्च दरमा कमाउने कम्पनीहरु



काठमाडौं । साताको तेस्रो कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

उक्त दिन गणपति लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो । आज गणपति सेयर मूल्य प्रतिकित्ता १६९ रुपैयाँ ७० पैसा र आत्मनिर्भर लघुवित्तको प्रतिकित्ता २४१ रुपैयाँ ७० पैसा वृद्धि भएको छ ।

उक्त दिन वुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ९.९१ प्रतिशत, युनियन नेपाल लघुवित्त ९.७९ प्रतिशत, सबैको लघुवित्त ९.१५ प्रतिशत, महिला लघुवित्तको ८.८२, सर्पोट लघुवित्तको ८.७३, जाल्पाको ८.२७, एनएमबि माइफोफाइनान्सको ८.०८ प्रतिशत वृद्धि भएको छ।

उक्त दिन धौलागिरी लघुवित्त, गुराँस, साधना, स्वाभिमान लगायतका लगानीकर्ता उच्च दरमा कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्