यी हुन् सेयर बजारमा उच्च गिरावट आउँदा पनि बढ्ने २२ कम्पनी
काठमाडौँ । सोमबार सेयर बजार भारी अंकले घट्यो । यस दिन ५५.८६ अंकले घटेसँगै नेप्से परिसूचक २६४६.०३ बिन्दुमा खुम्चियो । नेप्सेमा सूचीकृत सबै सूचक राताम्य बने । २२२ कम्पनीको सेयर मूल्य घट्यो ।
बजारमा उच्च गिरावट देखिए पनि २२ कम्पनीको सेयर मूल्य भने बढेका छन् ।
यस दिन हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर मूल्य ८.९८ प्रतिशतले बढ्यो । नेपाल वेयरहाउजिङ कम्पनीको सेयर मूल्य पनि ७.५९ प्रतिशतले उकालो लाग्यो । इमर्जीङ नेपालको सेयर मूल्य ६.३८ प्रतिशतले बढ्दा सीईडीबी हाइड्रोपावरको सेयर मूल्य ६.२१ प्रतिशत बढ्यो ।
स्वरोजगार लघुवित्त र ग्रीनलाइफ हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भयो ।
मानुषी लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक लगायत कम्पनीको सेयर मूल्य पनि बढेका छन् ।