एकदिन पनि टिकेन सेयर बजारको उत्साह, आइतबार भारी अंकको गिरावट
काठमाडौं । सेयर बजारको रौनकता एकदिन पनि टिक्ने सकेन् । अघिल्लो कारोबार दिन एकै दिन बजार ७८ अंकले उचालिएको थियो । तर, आइतबार भने ५०.७३ अंकले घटेको छ ।
साताको पहिलो कारोबार दिन बजार परिसूचक २ हजार ६३७.७९ अंकले घटेर बन्द भएको छ । उक्त दिन सबै समूहहरु राताम्य बनेका छन् ।
आइतकार कारोबार रकममा भने केही सुधार देखिएको छ । गत बिहीबार सवा ८ अर्ब बराबरको सेयर कारोबार भएको थियो । तर, आज भने १० अर्ब ३३ करोड ९२ ल ाख ३५ हजार रुप्रयाँ बराबरको २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयर किनबेच भएको छ ।
उक्त दिन सीइडीवी हाइ्ड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीले आइतबार बोनस सेयर जारी गर्ने र त्यसपछि हकप्रद सेयर ल्याउने घोषणा गरेको छ । सोही कारण कम्पनीको सर्वाधिक ६४ करोड ३८ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
कारोबार रकममा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको ३५ करोड २८ लाख, हिमालयन रिको २८ करोड ३० लाख र अपि पावरको २५ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।