सेयर बजारको गिरावट कायमै, कारोबार रकम दुई महिना यताकै कम « Arthapath.com
२ आश्विन २०८१, बुधबार

सेयर बजारको गिरावट कायमै, कारोबार रकम दुई महिना यताकै कम



काठमाडौं । बुधवार पनि सेयर बजार सामान्य अंकले घटेको छ । साताको चौंथो कारोबार दिन बजार ४ अंकले घटेको हो ।

उक्त दिन बजार परिसूचक २ हजार ५७६.७६ अंकमा पुगेर बन्द भएको छ ।

उक्त दिन बैंकिङ्ग समूह ११.१६ अंक, निर्जीवन बीमा समूह २०.७८ अंकले वृद्धि भएको छ ।

यी बाहेकका अन्य सबै समूहहरु राताम्य बनेका छन् ।

बजारसँगै कारोबार रकम पनि सुस्ताएको छ । आज ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । यो २ महिना यताकै कम हो ।

उक्त दिन पनि सीइडीबी हाइड्रोपावरको सर्वाधिक २० करोड ५८ लाख ८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
यस्तै, नेपाल फाइनान्सको १६ करोड ९८ लाख र एनएलजी इन्स्योरेन्सको १५ करोड ९५ लाख रुपैयाँ सेयर खरिदबिक्री भएको छ।


प्रतिक्रिया दिनुहोस्