दोहोरो अंकले बढ्यो सेयर बजार
काठमाडौं । सेयर बजारमा करेक्सन आएको छ । केही लगातार घटेको बजार आइतबार भने दोहोरो अंकले बढेको छ।
साताको पहिलो कारोबार दिन बजार ११.५८ अंकले वृद्धि भएको हो । उक्त दिन बजार परिसूचक २ हजार ५८८.३५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
उक्त दिन बैंकिङ्ग समूह १४.९१ अंक, विकास बैंक ३३.७४ अंक, हाइड्रोपावर १०.१५, लगानी समूह ०.६५, जीवन बीमा ३०.७४, निर्जीवन बीमा ६२.०६, व्यापार २.७० र अन्य इन्डेक्स ८.१९ अंकले वृद्धि भएको छ। यी बाहेकका अन्य समूहहरु भने घटेका छन् ।
आज कारोबार रकममा पनि केही गिरावट आएको छ । आज ५ अर्ब ९ करोड २९ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता सेयर किनबेच भएको हो ।
उक्त दिन सीइडीबी हाइड्रोपावरको सर्वाधिक २७ करोड ८० लाख २७ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको हो ।
यस्तै, एनएलजी इन्स्योरेन्सको १४ करोड ६९ लाख, नेपाल फाइनान्सको १२ करोड ९७ लाख, हिमालयन रिको १२ करोड ९४ र एनआरएन इन्फ्रास्ट्रक्चरको १० करोड २० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।