कहिले सकिँदैछ मध्य भोटेकोशी जलविद्युतको लक इन अवधि ?
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको लक इन अवधिमा सकिने मिति नजिकिएको छ ।
कम्पनीको संस्थापक सेयरधनी, स्थानीय बासिन्दालगायत कर्मचारीलाई बाँडफाँट गरिएको सेयरको लक इन अवधिमा आगामी कात्तिक ११ गते सकिने भएको हो ।
कम्पनीले संस्थापक सेयर, स्थानीय बासिन्दा, यस कम्पनीका कर्मचारी, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चाकर्ता कर्मचारी, संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई बाँडफाँट गरेको थियो ।
कम्पनीले सर्वसाधारणलाई २०७८ कात्तिक १२ गते सेयर बाँडफाँट गरेको थियो । लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दालगायत कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।