सेयर बजारमा गिरावट : सबै सूचक राताम्य, १९७ कम्पनीको मूल्य घट्यो
काठमाडौं । अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बुधबार सामान्य बढेको बजार बिहीबार फेरि ओरालो लागेको हो ।
यस दिन बजार परिसूचक १.१५ प्रतिशत अर्थात् ३१.३१ प्रतिशतले घटेको छ । यो सँगै नेप्से २६८०.४४ बिन्दुमा खुम्चिएको छ ।
कारोबार अवधिभर ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ ।
सूचीकृत १३ वटै उपसूचक राताम्य बनेको छ । यस दिन ४३ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । १९७ कम्पनीको मूल्य घट्दा ४ कम्पनीको स्थिर रहे ।
बजार घटे पनियो सामुदायिक लघुवित्त र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा सर्किट लागेको छ । यी कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो ।
जानकी फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा भने नेपाल फाइनान्स अगाडि देखिन्छ ।