सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्सेसँगै बढ्यो कारोबार « Arthapath.com
९ पुष २०८१, मंगलवार

सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्सेसँगै बढ्यो कारोबार



काठमाडौं । मंगलबार पनि सेयर बजार उकालो लागेको छ । आज सेयर बजार दोहोरो अंकले बढेको हो । यस दिन सेयर बजार मापक नेप्से परिसूचक १४.११ अंकले बढेर २६२६.३१ बिन्दुमा उक्लिएको छ ।

यस परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यो दिन ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ । सोमबार ४ अर्ब माथिको कारोबार भएको थियो ।

मंगलबार ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर किनबेच भएको छ ।

यस दिन उत्पादन तथा प्रशोधन र व्यापार समूह बाहेक अन्य सबै सूचकमा हरियाली छाएको छ ।

कारोबार आएका १६७ कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ कम्पनीको घटेको छ । ६ कम्पनीको मूल्य भने स्थिर छ ।

आज आत्मनिर्भर लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, र सामुदायिक लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यता सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ।


प्रतिक्रिया दिनुहोस्