सेयर बजारमा सामान्य वृद्धि, कारोबार खुम्चियो

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ बिन्दुमा पुगेको छ ।
मंगलबार कारोबार रकम भने घटेको छ । आज ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।
कुल १३ उपसूचकमध्ये ७ समूहको मूल्य बढेको छ भने ६ समूह राताम्य बनेको छ ।
कारोबार अवधिभर ३१२ कम्पनीको एक करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर किनबेच भयो ।
यस दिन १०४ कम्पनीको मूल्य बढ्यो भने १३२ कम्पनीको घट्यो । ९ कम्पनीको भने भने स्थिर रह्यो ।
आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र नेपाल ल्युब आयलको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सपोर्ट माइक्रोफाइनान्स, भूगोल इनर्जी, नेपाल पुनर्बीमा पनि सर्वाधिक नाफा कमाउने कम्पनीमा परेका छन् ।
त्यस्तै विन नेपाल लघुवित्तको ८.९७, राप्ती हाइड्रोको ६.६८, रिलायन्स फाइनान्सको ४.६१, छ्याङ्दी हाइड्रोपावरको ४.१७ र बोटलर्स नेपाल बालाजुको मूल्य ४.०४ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्र स्थानमा रह्यो ।