सेयर बजारको ओरालो यात्रामा निरन्तरता, व्यापारबाहेक सबै सूचक राताम्य « Arthapath.com
२१ फाल्गुन २०८१, बुधबार

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, व्यापारबाहेक सबै सूचक राताम्य



काठमाडौं । बुधबार पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २५.१६ बिन्दुले घटेर २८२१.१३ अंकमा झरेको छ ।

यस दिन १० अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । व्यापारबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।

आज समाज लघुवित्त, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो ।

त्यस्तै ग्रिन डेभलपमेन्टको ६.८, सप्तकोशी विकासको ५.५ तथा उपकार लघुवित्तको ४.७ प्रतिशत मूल्य घटेको छ ।

यस दिन ३ सय ८ कम्पनीको २ करोड ३३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९६ करोड ७० लाखभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र सगरमाथा जलविद्युत कम्पनी परेका छन् ।


प्रतिक्रिया दिनुहोस्