मंगलबार नेप्से १.५४ अङ्कले घट्यो, परिसूचक २७ सय ३३ दशमलव ५९ बिन्दुमा सीमित
काठमाडाैं । साताकाे दाेस्राे काराेबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट गिरावट आएको छ । गत बिहिबारदेखि घटेकाे सेयर बजार आज निरन्तर चाैथाे दिन पनि घटेकाे हाे ।
हिजाे २०.२७ अंकले घटेकाे नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज १.५४ अंकले घटेर २७ सय ३३ दशमलव ५९ बिन्दुमा रोकिएको हो ।
नेप्से परिसूचक घटे पनि यसदिन काराेबार भने बढेकाे छ । आज ३५७ कम्पनीकाे १ कराेड २३ लाख ८२ हजार १७ कित्ता सेयर ६ अर्ब ४४ कराेड ३१ लाख ९० हजार रूपैयाँमा काराेबार भएकाे छ।
हिजाे ३५५ कम्पनीको ८९ लाख ५१ हजार २९४ कित्ता सेयर ४ अर्ब ७ करोड ४७ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियाे ।
आज हाेटल तथा पर्यटन, हाइड्राेपावर, उत्पादन तथा प्रशाेधन र अन्य समुहका उपसूचक बाहेक सबै उपसूचक घटेका छन् । यसदिन फाइनान्स समुह सर्वाधिक १.०१ प्रतिशत घटेकाे छ।
यसदिन १०५ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने हिजाेदेखि काराेबारमा आएकाे सोपान फर्मास्युटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ। यस्तै कालिञ्चाेक हाइड्राेपावरकाे सेयर मूल्य १४.९९ र सप्तकाेशी डेभलपमेन्ट बैंककाे सेयर मूल्य १ं०.९८ प्रतिशत बढेकाे छ।
१५१ कम्पनीकाे सेयर मूल्य घटेकाेमा आज क्रेष्ट माइक्राेलाइफ इन्स्याेरेन्सकाे सेयर मूल्य ९.१६ प्रतिशत घटेकाे छ।














