क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ कहिले हुँदैछ बाँडफाँट ? « Arthapath.com
४ चैत्र २०८१, सोमबार

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ कहिले हुँदैछ बाँडफाँट ?



काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ चैत ५ गते भोली मंगलबार बाँडफाँट हुने भएको छ । कम्पनीले फागुन २२ गतेदेखि र्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री गरेको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार कम्पनीको आईपीओ एनआइएमबि एस क्यापिटलको कार्यालयमा विहान साढे ८ बजे बाँडफाँट हुनेछ । उक्त आईपीओमा अन्तिम दिनसम्म २० लाख ४८ हजार ५३८ जना आवेदकले २ करोड ४४ लाख ९२ हजार १७० कित्ताका लागि आवेदन दिएका छन्।  मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाउनेछन्।

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबरको २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

यसैगरी कम्पनीका कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता बाँडफाँट गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस्