१९ करोडको आइपीओ जारी गर्न माबिलुङ इनर्जीलाई बोर्डको अनुमति « Arthapath.com
२९ असार २०८२, आईतबार

१९ करोडको आइपीओ जारी गर्न माबिलुङ इनर्जीलाई बोर्डको अनुमति



काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले असार १ गते बोर्डबाट झन्डै १९ करोड बराबरको आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता आईपीओ जारी गर्नेछ ।

कम्पनीले आयोजना प्राभावित क्षेत्रका स्थानिय बासिन्दा र सर्वसाधारणका लागि निष्काशन गर्नेछ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्