ङादी ग्रुप पावरको हकप्रद शेयर सुरक्षित गर्ने आइतबार अन्तिम दिन « Arthapath.com
१७ असार २०७९, शुक्रबार

ङादी ग्रुप पावरको हकप्रद शेयर सुरक्षित गर्ने आइतबार अन्तिम दिन



काठमाडौं । ङादी ग्रुप पावरको हकप्रद शेयर सुरक्षित गर्ने आइतबार (असार १९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले १५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि असार २० गते बुक क्लोज गर्ने भएको हुदाँ असार १९ गतेसम्म कायम रहने सेयरधनीले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले १ः१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । ङादीले हाल कायम ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ चुक्ता पुँजीमा १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

उक्त हकप्रद शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्