कालिञ्चोक दर्शनले हकप्रद सेयरको जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको १:१ को अनुपातमा जारी गर्न लागेको हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बालकृष्ण शिवाकोटीले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
कम्पनीले प्रतिसेयर रु. १०० दरको ६० लाख कित्ता बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो।
कालिञ्चोक दर्शन लिमिटेडले कालिञ्चोक गाँउपालिका, वडा नं. १, कुरी दोलखामा केबुलकार सञ्चालन गरिरहेको छ । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।