विद्यालयमा स्थापित आइसोलेसन वार्ड स्थानान्तरण गरिने « Arthapath.com
२८ श्रावण २०७७, बुधबार

विद्यालयमा स्थापित आइसोलेसन वार्ड स्थानान्तरण गरिने



काठमाडौं । विद्यालयमा स्थापना गरिएका आइसोलेशन तथा क्वारेन्टिन स्थानान्तर गरिने भएका छन् ।

वाग्मती प्रदेशको प्रदेश कोभिड सङ्कट व्यवस्थापन समितिको निर्णयपछि हेटौंडा अस्पतालद्वारा यहाँको एक विद्यालयमा सञ्चालित आइसोलेसन वार्डलाई स्थानान्तरण गरिने भएको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रमुख सचिव डा मानबहादुर विश्वकर्मा, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्ले, प्रदेश प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामालगायतको टोलीले आइसोलेसन वार्डको निरीक्षण तथा अनुगमन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्